stcnepal long ad
nabil bank
macchha(MBL)

हुन्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेतालाई साँचो हस्तान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एक कार्यक्रम बिच हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ ।

हुन्डाईले कार्यक्रममा विजयीहरुः नागेश्वर प्रसाद शाह ( कुपन नं.१२७२) लाई VENUES तथा शालिकराम अधिकारी (कुपन नं. ३२९) लाई Santro Magna हस्तान्तरण गरेको छ ।

लक्की ड्र को विजेताहरुको छनौट २९ जुन, २०२० मा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बम्पर लक्की ड्रको विजेताहरुका साथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि कञ्जुमर आई नेपालकी अध्यक्ष श्रीमती विमला खनालले गरेका थिए ।

१० भाग्यशाली विजेताहरु भरत सिंह पौडेल (कुपन नं. स् ३९७), चन्द्र मणी पौडेल (कुपन नंः २७५०, श्रीजेश घिमिरे (कुपन नंः ९९६), महेश्वर लाल सिंह (कुपन नंः ९९९), कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नंः ९४४), राजु शाह(कुपन नंः ७६), दल बहादुर बि.क.(कुपन नंः ७४४), बिजय अग्रवाल, गणेश हार्डवेर (कुपन नंः  ७१६), एनआइसि एसिया बैंक लि. निर्भीक सापकोटा (कुपन नंः  ११५८), र खातु इन्टर्न्याश्नल प्रा.लि.(कुपन नंः ३५) ले दुबई भ्रमण जितेका थिए ।

हुण्डाई फेष्टिभ डिलाइट २०७६ अन्तर्गत हुन्डाईका भाग्यशाली खरिदकर्ताहरुले एक थान Santro Magna, एक थान

VENUE S, १० जोडीलाई दुबई भ्रमण सहित स्क्राच कार्ड मार्फत नगद छुटपनि प्राप्त गरेका थिए । सम्पूर्ण विजेताहरुलाई बधाई दिदै लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हुण्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्नुहुने आफ्ना सम्पूर्ण गा्रहकहरुप्रति आभार व्यक्त गरे ।

सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ ।

यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

prabhu mahalaxmi
kumari