stcnepal long ad
ime life insurance
national life
global ime bank long

घरमै बसेर जितिया पर्व मनाउन प्रधानमन्त्री ओलीको आह्वान

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षित रहेर जितया पर्व मनाउन आग्रह गरेका छन् । पूर्वी तराईवासी र थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्ष आफ्ना पर्व मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको जनाउँदै आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन आह्वान समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताएका छन् । प्रधानमन्त्रीओलीले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सदभाव र सुदृढ एकतामा आबद्ध गरेको समेत बताए ।

आश्विन कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ । आज अष्टमी जितियाको मुख्य दिन हो ।

prabhu mahalaxmi
kumari