stcnepal long ad
global ime bank long

नेपाल वायु सेवा निगमको आन्तरिक उडानका लागि जहाज खरिद योजना तत्काल अघि बढाउन मन्त्री भट्टराईको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन दिनुभएको छ ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग मन्त्रालयमा भएको संयुक्त बैठकमा मन्त्री भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकलाई सेवा उपलब्ध गराउन जहाज खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको हो ।

पर्यटनमन्त्री भट्टराईले आन्तरिकतर्फ दुई टुईनटर जहाज भएको र त्यसले माग धान्न नसक्नुका साथै दुर्गम क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएकाले तत्काल खरिद योजना अघि बढाउन निगम व्यवस्थापनलाई आग्रह गर्नुभयो ।

उहाँले निगमलाई पब्लिक मोडलमा लैजान कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष, कर्मचारी सञ्चय कोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न पनि निर्देशन दिनुभएको छ ।

IME Lifesidebar
kumari