stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ट्राफिक कुट्नेलाई छुटाउन भन्दै ललितपुर प्रशासनमा धर्ना

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुुर। ललितपुुर जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका युवाहरुलाई प्रहरीले तितर–बितर पारेको छ । गत बिहीबार रातो मच्छिन्द्र्नाथको रथ तान्नेक्रममा पक्राउ परेका युवाहरुलाई रिहाई गर्न माग गर्दै सोमबार बिहान स्थानीय केही युवाहरु प्रशासन कार्यालय घेराउ गर्न पुगेका हुन ।

विहान करिब ११ बजे जिल्ला प्रशासन कार्यालय पुगेका युवाहरु धर्नामा बस्न थालेपछि प्रहरीले रोकेको हो । प्रहरीले धर्नामा बस्न नदिएपछि युवाहरु प्रहरी नभएको स्थानमा भेला भएको देखिन्छ । अहिले प्रशासन कार्यालय आसपास क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन भएको छ ।

गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना जबरजस्ती मच्छिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा दिनभर विवाद उत्पन्न भएको थियो ।

युवाहरुले ट्राफिक प्रहरीलाई समेत कुटपिट गरेका थिए । कुटपिटमा उत्रिएका केही युवाहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखेको छ ।

prabhu mahalaxmi
kumari