सुरु भयो सुदूरपश्चिममा पनि प्लाज्मा थेरापी
काठमाडौं– सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितलाई पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको छ ।
सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेकी एक महिलालाई प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको हो । कोरोनाबाट संक्रमणमुक्त भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फूलबारीका २२ वर्षीय युवकले संक्रमित महिलाको उपचारकालागि रगत दान गर्नुभएको हो ।
कोरोना संक्रमणपछि गम्भीर अवस्थामा पुग्नु भएकी महिलामा प्लाज्मा थेरापी गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभएको छ ।






















