stcnepal long ad
nabil bank
macchha(MBL)

पुल्चोकमा युवा जागेस् निषेधाज्ञा तोडियो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । ललितपुरको पुल्चोकमा युवाहरूले निषेधाज्ञा तोडदै रातो मछिन्द्रनाथको रथ तानेर जात्रा मानेपछि प्रशासनले दमन गरि पानीको फोहरा प्रयोग गरि भिडलाई तितर–वितर पारेको छ । लामो लकडाउन भोगेका जनताले विगत १५ दिनदेखि निषेधाज्ञा व्यहोर्दै आएका छन । परम्परागत जात्रा मनाउन युवा जागेका छन् ।

यो कोरोना भाइरसको कन्स्पीरेशीमा हाम्रा मौलिक पर्व, संस्कृति, खानपान, जिवनशैली र सभ्यता मास्ने षडयन्त्र भइरहेको छ,पश्चिमाहरूले थोपरेको कोरोनाले हाम्रो संस्कृति मास्न लागेको हो कि भन्ने आज पुष्टी भएको छ ।

हामीले वैशाख पूर्णिमा, जनै पूर्णिमा, नाग पञ्चमी, तीज, कृष्ण जन्माष्टमी, इन्द्र जात्रा त मनाउन पाएनौं । अब दशैं र तिहारको पनि हालत त्यस्तै होला । आज स्वस्फूर्त रुपमा रातो मत्स्येन्द्रनाथको रथ तानेर संस्कृति जोगाउन लागि परेका ललितपुरका युवामाथि केपी शर्मा ओलीको सरकारले अश्रुग्याँस,पानीको फोहोरा र लाठीचार्ज गरेको छ । युवाले त्यसको सशक्त प्रतिकार गरेका छन् ।

कम्युनिष्टहरुले कुनै बेला भक्कुको राँगोका लागि छुटयाइएको केही हजार रकम कटौती गरेर यहाँको नेवार समुदायलाई उतिबेलै चिढयाएका थिए ।

गुठी विधेयक ल्याउने षडयन्त्र गरेर संबेदना भडकाएकै थिए । अब रथ यात्रीमाथि दमनको कहर थोपरिएको छ । हिजो भूमिगत कालमा कम्युनिस्ट नेताहरूले काठमाडौंका नेवार समुदायकै घरमा सेल्टर लिने, नेवार चेलीलाई पटयाएर विवाह गर्ने, जनयुद्धकालमा नेवा राज्यको सपना पनि देखाउने, तर आज आएर तिनै समुदायमाथि नियुक्ती, अवसर र उत्थानतर्फ उपेक्षा गर्ने र तिनै माथि दमन गर्ने रु नेवार समुदाय माथि सरकारले पक्षपात गरिरहेको आजको घटनाले पनि पुष्टी गरेको छ ।

काठमाडौंमा कोरोनाको कृत्रिम संत्रास खडा गरिएको छ, अब जाग्ने बेला भइसक्यो । यस्तो अन्याय हरेक नेपालीका लागि सहय छैन । पाटनका युवाहरुले फासीबादी सरकारको दमनलाई चिर्दै रथलाई सडकसम्म ल्याएका छन ।

 

prabhu mahalaxmi
kumari