stcnepal long ad
ime life insurance
global ime bank long

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको साधारण सभा भदौ २६ गते

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले भदौ २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय वीरगञ्ज, पर्सामा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले यस पटक लगानीकर्तालाई लाभांश भने वितरण नगर्ने भएको छ ।

नियमनकारी व्यवस्था अनुसार एनएफआरएस अन्तर्गतको वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले लगानीकर्तालाई लाभांश वितरण प्रस्ताव गर्न नसकिएको कम्पनीले जनाएको छ ।

यसर्थ, आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानकर्ताहरु लाभांश लिन वञ्चित हुनेछन् । सभा प्रयोजनको लागि कम्पनीले भदौ १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गरेको छ । भदौ ११ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

prabhu mahalaxmi
kumari