citizens life insurance long ad
stcnepal long ad

बीओकेको संस्थापक सेयर लिलामी प्रक्रिया स्थगित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थापक समूहको सेयर लिलामी सेयर बिक्री कार्य स्थगन भएको छ । बैंकले सोमबार एक सूचना प्रकाशित गरी आवेदन खुला गरेदेखि नै कोरोना भाइरसका कारण काठमाडौं लगायत देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी भएकाले तत्कालका लागि आवेदन लिने कार्य स्थगन गरिएको बताएको छ । अब स्थिति सामान्य भएपछि पुनः बिक्री सुचारु गरिनेछ ।

सुरुमा बैंकले भदौ १ गतेबाट भदौ ८ गतेसम्म समय तोकेर ३ लाख १६ हजार १५६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । तर, फेरि समय थप गरेर सोमबार भदौ १५ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो । तर अब फेरि स्थगित गरिएको छ । यसमा बिक्री प्रन्धकको काम एनएमबि क्यापिटलले गरेको छ ।

IME Life
kumari