stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

तीन लघुवित्तले एकिकृत कारोबार सुरु गर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी भदौ २२ गतेदेखि तीन लघुवित्त कम्पनी एक भएर एकिकृत कारोबार सुरु गर्न लागेका छन् ।

जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनिकरण लघुवित्तले मर्जर प्रकृया सम्पन्न गरी एकिकृत कारोबार सुरु गर्न लागेका हुन । एकिकृत कारोबार भने जीवन विकास लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ ।

तीन वटै कम्पनीहरुले मर्जर सम्बन्धि प्रस्ताव छुट्टाछुट्टै विशेष साधारण सभाबाट पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले साउन २६ गते मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेसँगै यी कम्पनीहरुले एकिकृत कारोबार सुरु गर्न लागेका हुन ।

आगामी भदौ २२ गतेदेखि एकिकृत कारोबार गर्न लागेका तीनवटै कम्पनीहरुको डाटा माइग्रेसन प्रयोजनका लागि भदौ १९, २० र २१ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द हुने समेत जानकारी दिएको छ ।

prabhu mahalaxmi
kumari