stcnepal long ad
ime life insurance
national life
global ime bank long

कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागेको जापानका अनुसन्धानकर्ताको दाबी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । जापानका अनुसन्धानकर्ताले कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागेको दाबी गरेका छन्। ओजोन ग्यासको मद्दतबाट भाइरस नष्ट गर्न सकिने उपाय पत्ता लागेको उनीहरूको दाबी छ।

यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ। समाचार एजेन्सी रोयटर्सका अनुसार जापानको फुजिता हेल्थ युनिभर्सिटीले अनुसन्धानकर्ताले कम घनत्व (०.०५ देखि ०.१ पीपीएम) को ओजोन ग्यासबाट कोरोना नष्ट गर्न सक्ने कुरा प्रमाणित गरेको दाबी गरेको हो।

मानिसलाई हानि नपार्ने मात्राको ओजोन ग्यासबाट नै भाइरस नष्ट गर्न सकिने कुरा पत्ता लागेको वैज्ञानिकको दाबी छ। अनुसन्धानकर्ताले भनेका छन्, ‘कम घनत्व भएको यो मात्राको ओजोन ग्यास मानिसका लागि सुरक्षित देखिएको छ।’ बीबीसी

IME Lifesidebar
kumari