stcnepal long ad
ime life insurance
national life
global ime bank long

पर्सामा थप दुई संक्रमितको मृत्यु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

वीरगन्ज । पर्साका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना मिर्गौला बिरामी थिए । वीरगन्ज महानगरपालिका–१४ बहुअरीका ६२ वर्षीय पुरुषको बिहीबार बिहान ८ बजेर १० मिनेटमा नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको हो । चिकित्सकका अनुसार कोरोना मिर्गौलाका बिरामी रहेका उनको अस्पतालमै नियमित डायलसिससमेत भइरहेको थियो ।

गत साउन ३० मा उनी कोरोना अस्पतालमा भर्ना भएका थिए । यसैगरी बुधबार साँझ साढे ६ बजे नारायणी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मृत्यु हुनेमा पर्साको धोबनी गाउँपालिका–३ गुलरिया निवासी ७२ वर्षीय पुरुष रहेको अस्पतालका प्रवक्ता डा।अतुलेश चौरसियाले जनाए ।

त्यस्तै बिहीबार बिहान बाराकी कोरोना संक्रमित एक जना गर्भवती महिलाको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । डा। चौरसियाका अनुसार बाराको हर्दियानिवासी २३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

IME Lifesidebar
kumari