आज भदौ ११ गते अन्तिम अवसर समृद्धि फाइनान्सको २००% हकप्रद सेयर सुरक्षित गर्ने
काठमाडौं । समृद्धि फाइनान्सको २००% हकप्रद सेयर सुरक्षित गर्ने आज भदौ ११ गते बिहीबार अन्तिम दिन हो । हकप्रदका लागि कम्पनीले शुक्रबार भदौ १२ गते बुक क्लोज गर्दैछ । यसर्थ, भदौ ११ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । समृद्धिले धितोपत्र बोडबाट १.२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाइसकेको छ ।
अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्ने छ । यसमा बिक्री प्रबन्धकको बीओके क्यापिटल मार्केटले गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट २००५ हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि पुँजी ५४ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।
























