citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

आईएमई लाइफको ६२ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२ हजार ५०० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले उक्त शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो ।

कम्पनीको संस्थापक शेयर खरिद गर्न इच्छुक योग्य व्यक्ति, फर्म, कम्पनी तथा संघसंस्थाले शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । यसका लागि मंसिर १० गतेदेखि बोलपत्र आवेदन खुला हुनेछ भने मंसिर १८ गते कार्यालय समयभित्र आवेदन पेश गरिसक्नुपर्नेछ ।

उक्त शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता २२५ रुपैयाँ तोकिएको छ । तर शेयरको बजार मूल्यको ५० प्रतिशत र २२५ रुपैयाँमध्ये जुन कम हुन्छ सोही मूल्य वा सोभन्दा बढी मूल्यमा बोलकबोल गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बजार मूल्य भन्नाले कारोबार भएको दिनको भारित औसत कारोबार मूल्यलाई बुझिने र उक्त दिन कारोबार नभएको अवस्थामा त्यसअघिल्लो कारोबार दिनको भारित औसत मूल्यलाई आधार मानिने कम्पनीले जनाएको छ ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा भने बिक्रीमा राखिएको सम्पूर्ण ६२ हजार ५०० कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिँदा १० ले भाग जाने कित्तामा मात्र आवेदन दिनुपर्नेछ । दशमलवमा आउने वा खण्डित कित्ताका लागि आवेदन दिन पाइने छैन ।

शेयर खरिदका लागि आवश्यक शिलबन्दी बोलपत्र आवेदन फाराम ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा उपलब्ध हुनेछ ।

भरिएको बोलपत्र पनि सोही स्थानमा मंसिर १८ गते कार्यालय समयभित्र पुग्ने गरी बुझाउनुपर्नेछ । यस शेयरको बिक्री तथा लिलाम प्रक्रिया ग्लोबल आइएमई क्यापिटल लिमिटेडले व्यवस्थापन गर्नेछ ।

IME Life
ofukuro
kumari