citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

जालपादेवी केवलकार निर्माण तिव्र गतिमा

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केबलकार अबको एक महिनाभित्रै व्यावसायिक सञ्चालनमा आउने तयारीकासाथ निर्माणकार्य भैरहेकाे छ।

देशका सातै प्रदेशमा मौलिक पर्यटन पूर्वाधार निर्माण गर्ने आइएमई ग्रुपकाे अभियानअन्तर्गत सुदूरपश्चिममा सुरु गरिएको यो यात्रा आज साकार रूप लिने संघारमा आइपुगेकाे छ ।

प्रचुर पर्यटकीय सम्भावना बोकेर पनि ठूला पूर्वाधारको पर्खाइमा वर्षौँ बिताएको सुदूरपश्चिमका लागि यो आयोजना एक महत्वपूर्ण कोसेढुंगा साबित हुने आइएमई ग्रुपकाे विश्वास रहेकाे अध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका छन।

कर्णाली पुल र चिसापानीको सौन्दर्य नियाल्न अहिले पनि उल्लेख्य संख्यामा आन्तरिक तथा सीमापारिका भारतीय पर्यटकहरू आउने गरेका छन्।

अझ खुसीको कुरा त के छ भने, केबलकार बन्ने खबरले मात्र पनि अहिले चिसापानी र राजकाँडा क्षेत्रमा पर्यटकको चहलपहल दिनप्रतिदिन बढ्दो छ, र स्थानीय दाजुभाइ–दिदीबहिनीहरू निकै उत्साहित देखिएका छन। केबलकारको सञ्चालनसँगै पक्कै पनि यसले यस ठाउँमा अझ रौनकता थप्नेछ र पर्यटकको बसाइ लम्ब्याउने आधार तयार पार्नेछ।

आइएमई ग्रुपले यसलाई केवल एउटा केबलकार मात्र नभई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेकाे छ। आयोजनाको टप (माथिल्लो) तथा बटम (तल्लो) स्टेसनका धेरै संरचनाहरू तयार भइसकेका छन्।

गुरुयोजना अनुसारका स्तरीय होटल, रिसोर्ट, क्यासिनो, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, पदमार्ग र धार्मिक आस्थाको केन्द्र जालपादेवी मन्दिरजस्ता अन्य संरचनाहरू पनि क्रमशः तयार हुँदै छन्।

आयोजनाले जति धेरै यस्ता सहायक संरचनाहरू निर्माण गर्दै जान्छ, त्यति नै पर्यटकलाई यहाँ रोक्न र कम्तीमा एक दिन अड्याउन सकिने सम्भावना छ। यस्ता बृहत् पूर्वाधारको बहुआयामिक प्रभावले स्थानीय अर्थतन्त्रको समग्र चक्रलाई चलायमान बनाउँछ।

पर्यटकको बसाइ बढ्दै जाँदा स्थानीय यातायात, साना व्यवसाय र कृषि उपजले आफ्नै आँगनमा दिगो बजार पाउनेछन्। स्थानीय युवाले आफ्नै गाउँठाउँमा रोजगारी पाउँदा वैदेशिक रोजगारीको बाध्यता कम भई स्थानीयको जीवनस्तर उकासिनेछ र राज्यको राजस्वमा समेत महत्वपूर्ण योगदान पुग्नेछ।

स्थानीय बासिन्दाहरूले न्यानो माया, स्थानीय तथा प्रदेश सरकार, संघीय सरकार, सरोकारवाला निकाय लगायत स्थानीय साझेदारहरू तथा अहोरात्र खटिनुहुने सम्पूर्ण इन्जिनियर र परियोजना टिमले आयाेजनालाई ठूलो साथ र सहयोग रहेको अध्यक्ष ढकालले बताएका छन।

उनले भनेका छन “म सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु। सञ्चालनको अन्तिम तयारीमा रहेको यस परियोजनाका केही पछिल्ला तस्बिरहरू यहाँहरूसँग बाँडेको छु। स्थानीयको जीवनस्तर र स्थानीय अर्थतन्त्र उकास्दै यो परियोजना समग्र सुदूरपश्चिम र देशकै एक गौरवको आयोजना बन्ने विश्वास लिएको छु।”

IME Life
kumari