citizens life insurance long ad
stcnepal long ad

बीवाईडी सिलायन ७ को भारतमा ५ हजार ग्राहक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बीवाइडी इन्डियाले आफ्नो प्रिमियम मिड–साइज इलेक्ट्रिक एसयूभी सीलियन ७ को ५ हजार युनिट डेलिभरी गरेको घोषणा गरेको छ ।

फेब्रुअरी २०२५ मा सार्वजनिक गरिएको यो गाडी भ्यालु–लक्जरी मूल्य दायरामा कम्पनीको सबैभन्दा छिटो बिक्री हुने मोडल बनेको छ, जसले प्रिमियम इलेक्ट्रिक सवारीसाधनप्रतिको बढ्दो आकर्षणलाई दर्शाउँछ ।

सीलियन ७ बीवाइडीको ‘सेल–टु–बडी’ आर्किटेक्चर र इन–हाउस ‘ब्लेड ब्याट्री’ प्रविधिमा आधारित छ । भारतमा यो एसयूभी चार डाइनामिक, प्रिमियम, फेस्टिभ एडिसन र पर्फोमेन्स गरी कुल ४ भेरयन्टमा उपलब्ध छ ।

डाइनामिक भेरियन्टमा ७१.८ किलोवाट आवरको ब्याट्री प्याक र २२८ ब्रेक हर्सपावर दिने रियर–ह्विल–ड्राइभ मोटर रहेको छ, जसले ५२० किलोमिटरको रेञ्ज दिने दाबी गरिएको छ ।

प्रिमियम र फेस्टिभ एडिसनमा ८२.५६ किलोवाट आवरको ब्याट्री र ३०८ ब्रेक हर्सपावरको मोटर दिइएको छ, जसको रेञ्ज ५६७ किलोमिटर छ ।

त्यस्तै, टप भेरियन्ट पर्फोमेन्समा ८२.५६ किलोवाट आवरको ब्याट्रीसहित ५२३ ब्रेक हर्सपावर क्षमताको डुअल–मोटर अल–ह्विल–ड्राइभ सेटअप उपलब्ध छ, जसले ५४२ किलोमिटर रेञ्ज दिनुका साथै ४.५ सेकेन्डमै शून्य देखि १०० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ ।

युरो एनक्यापबाट ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको यस एसयूभीको मूल्य भारतमा ४१.९० लाख देखि ५५.९० लाख भारुसम्म रहेको छ । सिलायन ७ नेपाली बजारमा समेत लोकप्रिय बनेको प्रिमियम विद्युतीय एसयूभी हो ।

IME Life
kumari