stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओमा ६ लाख भन्दा बढिको आवेदन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले जारी गरेको आईपिओमा आवेदन दिने समय आजबाट बन्द भएको छ । सानिमा क्यापिटलबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार हालसम्म आवेदन दिनेको संख्या ६ लाख नाघेको छ ।

कूल ५६ लाख ७० हजार कित्ता शेयरका लागि आवेदन खुल्ला गरेकोमा १० गुणाभन्दा कमले भरेको भए सबैले १० कित्ता अनिवार्य पाउने थिए । तर, सो सीमा नाघेपछि अब सबै आवेदकले शेयर नपाउने भएका छन् ।

मेरो शेयर लगायतका अनलाईनबाट भरेकाहरुको तथ्याङ्क अनुसार हालसम्म छ लाख ६ हजार ३३१ जनाले आवेदन दिएको पुष्टि भएको छ । सो तथ्याङ्कमा बैंक मार्फत भरेकाहरुको विवरण प्राप्त नभइसकेकोले अन्तिम विवरण तयार हुन बाँकी छ । अन्तिम विवरण आउँदा अझै थप हुनसक्ने जनाइएको छ ।

हालसम्म दुई करोड ४१ लाख ८७० कित्ता शेयरले आवेदन दिएका छन् । कूल ५६ लाख ७० हजार कित्तामा आवेदन माग गरेकोमा माग भन्दा ३२५ प्रतिशत भन्दा बढिको आवेदन परेको हो ।

prabhu mahalaxmi
kumari