citizens life insurance long ad

ट्रम्पले फेरि दाबी गरे नोबेल शान्ति पुरस्कार

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य रहेको दाबी फेरि दोहोर्‍याएका छन् । उनले आफूले आठ वटा युद्ध अन्त्य गराएको दाबी गर्दै आफूले आफ्नो प्रशंसा नगरेको, तथ्य मात्रै प्रस्तुत गरेको बताएका छन् ।

ह्वाइट हाउस फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘सायद कुनै पनि राष्ट्रपतिले यति धेरै युद्ध समाधान गरेका छैनन् ।’ उनले शान्तिका लागि आफ्नो प्रयास जारी रहेको र छिट्टै अर्को एउटा युद्ध पनि समाधान गर्न सक्ने बताएका छन् ।

ट्रम्पले लामो समयदेखि आफूले गरेको कूटनीतिक प्रयासका कारण नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गर्दै आएका छन् । यस वर्षको नोबेल शान्ति पुरस्कारको घोषणा अक्टोबर ९ मा नर्वेजियन नोबेल समितिले गर्नेछ ।

यसअघि सन् २०२५ को जुनमा पनि ट्रम्पले आफूले नोबेल शान्ति पुरस्कार चार वा पाँच पटक पाइसक्नुपर्ने दाबी गरेका थिए ।

ट्रम्पको नोबेल शान्ति पुरस्कारसम्बन्धी दाबी उनको दोस्रो कार्यकाल सुरु हुनुअघिदेखिकै हो । पहिलो कार्यकालमा उनले उत्तर कोरियासँगको कूटनीतिक प्रयासलाई पटक–पटक आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरेका थिए ।

सन् २०१८ मा नर्वेका दुई सांसदले उत्तर कोरियाली नेता किम जोङ उनसँग ट्रम्पको भेटपछि उनलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्ने बताएका थिए ।

त्यसको एक वर्षपछि ट्रम्पले जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियासँगको तनाव कम गर्न आफूले गरेको प्रयासका लागि उनलाई पुरस्कारका लागि मनोनयन गरेको बताएका थिए । यद्यपि आबेले सार्वजनिक रूपमा उक्त मनोनयनको पुष्टि गरेका थिएनन् ।

IME Lifesidebar
kumari