stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

टेस्ला एयर कन्डिसनरले तीन नयाँ मोडलका एसी नेपाली बजारमा ल्याउँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । टेस्ला एयर कन्डिसनर फिलरले सेप्टेम्बरसम्ममा तीन नयाँ मोडलका एसी ल्याउने भएको छ। भू–लक्ष्मि ग्रुप अन्तरगर्तको टेस्ला एयर कन्डिसनरले नेपाली बजारमा जापनीज कम्प्रेसर सहितको एसी ल्याउने भएको हो ।

कम्पनीका अनुसार आगामी सेप्टेम्बरमा आउने टेस्लाका मोडलमा काठमाडौं उत्पत्यकाका पर्यटकिय गन्तव्यको फोटोहरु राखिएका हुनेछन्।
जसले गर्दा टेस्ला ब्राण्डका प्रयोगकर्तालाई नेपाली ब्राण्डको अनुभूति दिने कम्पनीले बताएको छ। टेस्लाले बजारमा नेपाली ब्राण्डको ए।सी। बिक्री वितरण गर्दै आएको छ।  टेस्लाले ल्याउने नयाँ मोडलका एसीमा जडान हुने तारहरु १०० प्रतिशत तामाबाट बनेका हुनेछन् । यस्तै, टेस्लाले ल्याउने एसीमा तीन प्रकारका विषेशताहरु हुनेछन् ।

कम्पनीले ल्याउने यो मोडेलले कम उर्जा खपत गर्ने बताइएको छ। यसमा उर्जा खपतको अनुपात ३.५३ रहेको छ । जस्ले यो मोडेल उर्जामैत्री भएको देखिन्छ। यस्तै, यो मोडेलको ए।सी। वातावरण अनुकुल रहेको समेत कम्पनीको भनाई छ।यो मोडेलमा अन्य एसी मा जस्तो कोठाको तापक्रम ठिक हुनलाई आधा घन्टा पनि कुर्नुपर्ने  छैन। यसको टुर्बो बिशेषताले कोठाको तापक्रमलाई तुरुन्तै ठिक गरिदिन्छ ।
यो एसीमा स्वचालित पुनःसन्चालन समेत छ। यसको अर्थ जब एसीले कोठाको तापक्रम उच्च वा निम्न भएको आफै पत्ता लगाउछ। यसको केही समयपछी यो एसीले कोठाको परिबर्तित तापक्रमअनुसार आफै काम गर्न थाल्छ। त्यसैले कोठाको तापक्रम घटबढ हुँदा आफैले ए।सी। मिलाउनु पर्ने झन्झटबाट यस्ले छुटकारा दिलाउने कम्पनीको भनाई छ।

prabhu mahalaxmi
kumari