आईएमई लाईफमा सिईओ फुयाँल नियुक्त
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा कवि फुयाँल नियुक्त भएका छन् । बीमा समितिबाट स्वीकृत पाएपछि कम्पनीको सञ्चालक समितिको बैठकले फुयाँललाई सिईओ पदमा नियुक्त गरेको कम्पनीका सचिव प्रकाश न्यौपानेले जनाएका छन् ।
बैंकिङ्ग सेवा बाट सुरुवात गरेका फुयाँल पछिल्लो समय सन नेपाल लाईफमा कार्यरत थिए । फुयाँलले कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ लिई कार्यभार सुरु गरेका छन् ।
पदभार ग्रहण गर्दै सिईओ फुयाँलले कम्पनीलाई नयाँ गति दिई उत्कृष्ट जीवन बीमा कम्पनी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।





























