आज बिहान ११ देखि यी स्थानमा बत्ति सट डाउन हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ फिडर तान्ने कार्य गर्नुपर्ने भएकाले आइतबार पुल्चोक वितरण केन्द्रबाट हुने बिजुली आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्युत् कटौती गर्न लागिएको हो ।
पुल्चोक वितरण केन्द्रदेखि टेकु रिङरोड फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न आज आइतबार बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति बन्द (सट डाउन) हुने प्राधिकरणले जनाएको छ ।
पुल्चोक फिडर अन्तर्गत बागडोल एरिया आसपास, सनराइज टावर अफ लोडल, सानेपा रिङरोड बाहिर, खाद्य गोदाम आसपास, चाइनिज क्याम्प एरिया लगायत उक्त फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका बिजुली आपूर्ति बन्द प्राधिकरणले जनाएको छ ।

























