citizens life insurance long ad
stcnepal long ad

सिटिजन्स बैंकद्वारा सेती प्रादेशिक अस्पताललाई सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायत्वि अन्तर्गत धनगढी–०१, कैलालीमा अवस्थित सेती प्रादेशिक अस्पतालको डायलासिस युिनटलाई रिभर्स ओस्मोसिस प्रणाली उपलब्ध गराई सहयोग प्रदान गरेको छ ।

यस सहयोगले सुदूरपश्चिम प्रदेशभरका मृगौला रोगी बिरामीहरूलाई प्रदान गरिने डायलासिस सेवालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

अस्पतालको डायलासिस युनिटले हाल २१ वटा डायलासिस मेसिनमार्फत तीन सिफ्टमा करिब २४२ जना नियमित बिरामीहरूलाई सेवा प्रदान गरिरहेको छ । अस्पतालको तत्काल आवश्यकतालाई मध्यनजर गर्दै बैंकले अस्पताल व्यवस्थापन टोलीसँग छलफल गरी सबैभन्दा प्राथमिक आवश्यकता पहिचान गरेको थियो ।

सोही अनुसार, डायलासिस युिनटका लागि दिगो र सुरक्षित उपचार सेवा सुनिश्चित गर्न आवश्यक पर्ने प्रणालीको स्थापनालाई सर्वोच्च प्राथमिकतामा राखिएको हो ।

सेती प्रादेशिक अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलूले अस्पताललाई सहयोग स्वरुप अस्पतालको डायलासिस एकाइका लागि आर.ओ. प्रणाली हस्तान्तरण गर्नुभएको हो ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सुदूरपश्चिम प्रदेशका मिर्गौला रोगीहरूको सेवामा सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महशुस भएको बताउनु भयोे ।

सेती प्रादेशिक अस्पताल तथा त्यहाँ उपचाररत बिरामीहरूको स्वास्थ्य सुधारको कामना गर्दै उहाँले यस्तो सहयोगले विशेष गरी न्यून आय र विपन्न समुदायका मिर्गौला रोगीहरूलाई प्रत्यक्ष लाभ पु¥याउने बताउनु भयो ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य, शिक्षा, सामाजिक, आर्थिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

IME Life
kumari