नेप्सेकाे ओरालो यात्रा जारी,सुधारका कार्ययोजनाले बढेन नेप्से

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। सरकारले पुँजीबजार सुधारको लागि २१ बुँदे पुनरूत्थान कार्ययाेजना सार्वजनिक गरे पश्चात् भदाै ३० गते ४८. ५७ अंकले उकालो लागेको नेप्सेको उच्च बृद्धिमा त्यसपछिको कारोबार दिनमा भने ब्रेक लागेको छ ।

साताको तेस्रो कारोबार दिन हिजाे भदाै ३१ गते बुधबार शेयर बजार परिसुचक नेप्से २१.१९ अंकले ओरालो लागेर २६१२.४२ बिन्दुमा खुम्चिएको छ ।

“क” बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.७७ अंकले ओरालो लागेर ४६३.६८ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा हिजाे भदाै ३१ गते ३५० वटा कम्पनीहरुको ५५ हजार ८ सय ३१ पटकको कारोबारमा एक करोड ५१ लाख एक हजार ५ सय ५५ कित्ता शेयर खरिद बिक्री भएकाे थियाे।

सोही खरिद बिक्रीका आधारमा हिजाे कुल कारोबार रकम ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६ सय ४८ रुपैंयाँ कायम भएको थियाे ।

धितोपत्र बजारमा हिजाे १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका थिए । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स कम्पनी , जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार राताम्मै देखिएको थियाे । सेयर बजार सुधारका कार्ययोजनाले पनि सुधार देखिएन।

IME Lifesidebar
kumari