stcnepal long ad
global ime bank long

अमेरिकामा हाइब्रिड गाडीको बिक्रीमा तीव्र वृद्धि, कर छुट हटेपछि ईभी बजारमा धक्का

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं–इन्धनको बढ्दो मूल्यका वावजुत अमेरिकी उपभोक्ताहरू विद्युतीय गाडी(ईभी) छाडेर हाइब्रिड गाडीतर्फ आकर्षित हुन थालेका छन् ।

विश्वका प्रमुख अटो बजार चीन र युरोपले परम्परागत गाडीहरूलाई पूर्ण रूपमा विद्युतीय गाडीले विस्थापित गरिरहेका बेला अमेरिकामा भने स्थिति फरक देखिएको हो ।

पछिल्लो समय लिज सम्झौता सकिएपछि ईभी धनीहरू पुनः पेट्रोल र हाइब्रिड गाडीतर्फ फर्किरहेको अध्ययनले देखाएको छ ।

एडमन्डले गरेको अध्ययनअनुसार यस वर्षको दोस्रो त्रैमासिकमा ईभी साटेका ग्राहकमध्ये १५.६ प्रतिशतले नयाँ हाइब्रिड र ४२.६ प्रतिशतले परम्परागत इन्धन गाडी रोजेका छन् भने ३४.६ प्रतिशतले मात्र नयाँ ईभी किनेका छन् ।

गत वर्षको सेप्टेम्बरमा ७ हजार ५०० डलरको संघिय कर छुट हटाएपछि अमेरिकी बजारमा ईभीको मूल्य र मासिक किस्ता उच्च हुन पुगेको छ । अहिले औसत ईभीको मासिक किस्ता ७०७ डलर पुगेको छ, जुन पेट्रोल वा हाइब्रिड गाडीभन्दा करिब १०० डलर बढी हो ।

अटो निर्माताहरूले हाइब्रिड गाडीको मूल्य सामान्य पेट्रोल गाडीको तुलनामा केही सय डलर मात्र बढी राखेकाले उपभोक्ताहरूका लागि यो सस्तो र आकर्षक विकल्प बनेको अध्ययनमा उल्लेख गरिएको छ ।

अध्ययन अनुसार यस वर्ष २२ प्रतिशत ग्राहकले हाइब्रिड कार किन्ने सोच बनाएका छन् भने ईभीतर्फ आकर्षित हुनेहरू १० प्रतिशतमा सीमित भएका छन् ।

उच्च मूल्य, ब्याट्री फेर्ने खर्च र घरमा सहज चार्जिङको अभावका कारण ईभी बजारले सोचेजस्तो गति लिन नसकेको बताइएको छ । आगामी दिनमा सस्ता ईभी र सार्वजनिक चार्जिङ पूर्वाधारको विस्तार नभएसम्म हाइब्रिड गाडीकै दबदबा रहने उक्त अध्ययनको ठहर छ ।

IME Lifesidebar
kumari