citizens life insurance long ad
stcnepal long ad

टाटा पन्च बन्यो सर्वाधिक बिक्री हुने कार, नेक्सन छैटौँ स्थानमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं–भारतीय कार बजारमा टाटा मोटर्सले ऐतिहासिक सफलता हात पारेको छ । अगस्ट २०२६ को बिक्री तथ्यांकका आधारमा टाटाको लोकप्रिय कम्प्याक्ट एसयूभी पन्च मारुती सुजुकीका चर्चित मोडललाई पछि पार्दै सर्वाधिक बिक्री हुने गाडी बन्न सफल भएको छ ।

गत अगस्ट महिनामा टाटा पन्चले कुल २१ हजार ३२० युनिट बिक्री दर्ता गर्दै पहिलो स्थान हासिल गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा १० हजार ७०४ युनिट बिक्री भएकोमा यस वर्ष यसको बिक्री झन्डै दोब्बर अर्थात् ९९ प्रतिशतले बढेको छ ।

शीर्ष १० भित्र मारुती सुजुकीका वेगनर (२०,१८० युनिट), स्विफ्ट (१९,८३२ युनिट) र फ्रंक्स (१८,७३० युनिट) लगायत ६ वटा मोडलहरू परे पनि टाटा पन्चले ती सबैलाई उछिन्दै बजारमा शीर्ष स्थान कब्जा गरेको हो । साथै, टाटाको अर्को मोडल नेक्सन पनि १८ हजार ४३१ युनिट बिक्रीसहित छैटौँ स्थानमा परेको छ ।

टाटा पन्च शीर्ष स्थानमा पुग्नुका पछाडि यसको आकर्षक एसयूभी डिजाइन, अग्लो सिटिङ पोसिजन र उत्कृष्ट सेफ्टी रेटिङ मुख्य कारण मानिएका छन् । कम बजेटमा सुरक्षित र भरपर्दो पारिवारिक गाडी खोज्ने ग्राहकका लागि यो पहिलो रोजाइ बनेको छ ।

यसका साथै पेट्रोल, सीएनजी र इलेक्ट्रिक गरी तीनवटै भेरियन्टमा उपलब्ध हुनुले पनि यसको बिक्री बढाउन ठूलो भूमिका खेलेको छ ।

IME Life
kumari