stcnepal long ad
global ime bank long

विपद् प्रभावित ग्राहकका लागि बैंकिङ सेवा थप सहज बनाउन राष्ट्र बैंकको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मङ्गलबार सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई विपद्पीडित ग्राहकको पहिचान यकीन गरी आवश्यक सहयोग र सहजीकरण गर्न भनेको हो ।

प्राकृतिक विपद्का कारण बैंकिङ कारोबारका लागि आवश्यक कागजात तथा सामग्री गुमाएका ग्राहकले सेवा प्राप्त गर्न कठिनाइ भोग्नु नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणका आधारमा ग्राहकको पहिचान यकीन गर्न सक्नेछन् । त्यसका आधारमा विषम परिस्थितिमा ग्राहकलाई आवश्यक बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा धेरै नागरिकले व्यक्तिगत कागजात, बैंकिङ सामग्री तथा मोबाइल उपकरण गुमाएको अवस्थामा राष्ट्र बैंकको यो निर्देशनले प्रभावित ग्राहकको वित्तीय सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ ।

IME Lifesidebar
kumari