प्राइम कमर्सियल बैंकले ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमायो
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२र८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०८१र८२ को तुलनामा २८।४९ प्रतिशतले बृद्वि गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा पनि बढेको छन। गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशत बढेको छ। यस्तै खुद फि तथा कमिशन आम्दानी १५.०५ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी ५.८२ प्रतिशत बढेको छ ।
सञ्चालन मुनाफा २६.९४ प्रतिशत बढेको बैंकले जनाएको छ। गत आर्थिक वर्षमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ७२ करोड रुपैयाँबाट घटेर १ अर्ब ७३ करोड रुपैयाँमा सीमित भएको छ।
यसैगरि बैंकले गत आर्थिक वर्षमा राम्रो नाफा आर्जन गरेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। बैंकको यस्तो आम्दानी ३ रुपैयाँ १३ पैसाबाट बृद्वि भएर १९ रुपैयाँ ६३ पैसा पुगेको छ।
२०८३ असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२।२२ गुणा रहेको छ। यस बैंकको असार मसान्तसम्ममा १ अर्ब ९० करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ।
बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ १० पैसा रहेको छ। २० अर्ब ९५ करोड ४७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको प्राइम कमर्सियल बैंकको जगेडा कोष गत आर्थिक वर्षको भन्दा बृद्वि भएको छ। त्यस्तै बैंकको निक्षेप ५.४६ प्रतिशत र कर्जा तथा सापटी ८.२९ प्रतिशत बृद्वि भएको छ।





















