नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाकाे साधारण सभा भदौ २७ र असाेज ३ गते हुने
काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड बत्तिसपुतलीकाे २९ ओैं साधारण सभा आगामी भदौ २७ र असाेज ३ गते हुने काठमाडौंमा हुने निर्णय सहकारी संस्थाकाे सञ्चालक समितिकाे गत साउन २७ गते बसेकाे बैठकले निर्णय गरेकाे संस्थाका सञ्चालक सचिव खिलानाथ घिमिरेले जानकारी दिनु भएकाे छ।
उहाँका अनुसार साधारण सभा दुई चरणमा काठमाडौंमा हुनेछ। भदाै २७ गते काठमाडौंकाे शंखपार्क छेउमा रहेकाे स्मार्ट दरबार पार्टी प्यालेसमा काठमाडौं दिउँसो १ बजे महानगरपालिकाका वडा नं २,३,४,५,६,७,८,९ तथा तारकेश्वर,टाेखा,बुढानिलकण्ठ,शंखरापुर,गाेकर्णेश्वर,कागेश्वरी मनाेहरा नगरपालिका क्षेत्रका सदस्यहरू उपस्थित हुन सुचना गरिएकाे छ।
त्यस्तै असाेज ३ गते १ बजे काठमाडौंकाे बागबजारस्थित न्हुजा पार्टी भेन्यूमा बाेलाइएकाे २९ ओैं साधारण सभामा भक्तपुर जिल्ला ,काभ्रेपलान्चोक जिल्लाकाे बनेपा नगरपालिका,काठमाडौं जिल्ला काठमाडौं महानगरपालिकाकाे वडा नं
१,१०,११,१२,१३,१४,१५,१६,१७,१८,१९,२०,२१,२२,२३,२४,२५,२६,२७,२८,२९,३०,३१,३२, नागार्जुन,चन्द्रागिरी,किर्तिपुर,दक्षिणकाली नगरपालिकाका सदस्यहरूलाई उपस्थित हुन अनुराेध गरिएकाे छ। नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाकाे भदौ २७ र असाेज ३ गते हुने २९ ओैं वार्षिक साधारण सभामा संस्थाका अध्यक्षले आर्थिक वर्ष २०८२/८३ काे वार्षिक प्रतिवेदन,अर्का सञ्चालन समितिका सदस्यले लेखा सुपरिवेक्षण समितिकाे वार्षिक प्रतिवेदन र काेषाध्यक्षले लेखापरिक्षकबाट प्राप्त वार्षिक लेखा परिक्षण प्रतिवेदन पेश गर्ने र त्यसमा छलफलभई साधारण सभाले पारित गर्ने कार्यक्रम रहेकाे छ।
यसैगरि २९ ओैं साधारण सभाबाट सञ्चालक समितिबाट आर्थिक वर्ष २०८२/८३ मा विभिन्न मितिमा गरिएका सम्पुर्ण निर्णयहरू अनुमाेदन गर्ने,आर्थिक वर्ष २०८२/८३ काे लागि लेखापरीक्षककाे नियुक्ति र निजकाे पारिश्रमिक निर्धारण गर्ने,आर्थिक वर्ष २०८२/८३ काे मुनाफाबाट सेयर लाभांश र संरक्षित पुँजी फिर्ता काेष वितरण गर्ने, अध्यक्षबाट आर्थिक वर्ष २०८३/८४ काे नीति तथा कार्यक्रम एवं बजेट उपर छलफल गरि पारित गर्ने,सञ्चालक समिति,लेखा सुपरिवेक्षण समिति तथा प्रमुख कार्यकारी अधिकृतकाे तलव,भत्ता,सेवा,सुविधा र पारिश्रमिक निर्धारण गर्ने,संस्थाकाे आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने,साधारणसभाकाे एकाई बैठककाे निर्णय प्रमाणित गर्ने प्रतिनिधिहरूकाे चयन गर्ने, साधारणसभाकाे एकाई प्रतिनिधिहरूकाे सभामा निर्णय प्रमाणित गर्ने प्रतिनिधिहरूकाे चयन गर्ने र विविध गरि १३ वटा प्रस्ताव प्रस्तुत गरेर त्यसमा गहन,ठाेस र सारभूत छलफल गरि पारित र निर्णय गरिने भएकाले सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि सुचना गरिएकाे छ।





















