एथरको नयाँ इलेक्ट्रिक स्कुटर ईएल ०१ यही महिना लन्च हुँदै
एथरले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ईएल ०१ सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले अगस्ट महिनामा आयोजना हुने एथर कम्युनिटी डे २०२६ का अवसरमा सो नयाँ स्कुटर लन्च गर्ने घोषणा गरेको छ ।
नयाँ ईएल ०१ स्कुटर एथरको नयाँ ईएल प्लेटफर्ममा आधारित हुनेछ। कम्पनीले सो प्लेटफर्म विशेष रूपमा धेरै ग्राहकसम्म पुग्ने उद्देश्यका साथ विकास गरेको हो । यही प्लेटफर्ममा आधारित भएर भविष्यमा अन्य नयाँ इलेक्ट्रिक स्कुटर पनि बजारमा ल्याइने योजना बनाइएको छ।
रिपोर्टका अनुसार नयाँ स्कुटरमा ५ देखि ७ इन्चसम्मको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक उपलब्ध हुने अपेक्षा गरिएको छ।
साथै, २ किलोवाट आवरदेखि ५ किलोवाट आवरसम्म क्षमताका ब्याट्री विकल्प उपलब्ध गराउने सम्भावना छ। सो ब्याट्रीले फुल चार्जमा करिब १६० देखि २०० किलोमिटरसम्मको रेन्ज दिन सक्ने अनुमान गरिएको छ।
कम्पनीले विकास गरेको नयाँ ‘ईएल’ प्लेटफर्मलाई उत्पादन क्षमता, विस्तारयोग्यता र निर्माण प्रक्रियालाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ तयार गरिएको बताइएको छ।
यसले आगामी दिनमा कम्पनीलाई विभिन्न मूल्य र आवश्यकता अनुसारका नयाँ विद्युतीय सवारी बजारमा ल्याउन सहज बनाउने अपेक्षा गरिएको छ। यद्यपि कम्पनीले स्कुटरको ब्याट्री, मोटर तथा अन्य प्राविधिक विवरण सार्वजनिक गरिसकेको छैन।




















