जगदुल्लाकाे ग्रिड जडान सम्झौता
काठमाडौं । जगदुल्ला ए जलविद्युत आयोजनाले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। २०८३ श्रावण १८ गते नेपाल विद्युत प्राधिकरण (NEA) सँग जगदुल्ला ए जलविद्युत आयोजनाको Grid Connection Agreement (ग्रिड जडान सम्झौता) सफलतापूर्वक सम्पन्न भएको छ।
यो सम्झौतासँगै आयोजनाको विद्युत प्रसारण तथा राष्ट्रिय विद्युत प्रणालीमा जोडिने प्रक्रियामा अर्को महत्वपूर्ण चरण पूरा भएको छ।
यस उपलब्धिले आयोजना निर्धारित समयमै सम्पन्न गरी राष्ट्रिय ऊर्जा सुरक्षामा योगदान पुर्याउने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
यस महत्वपूर्ण उपलब्धिमा योगदान पुर्याउनुहुने नेपाल विद्युत प्राधिकरण, सम्बन्धित निकायहरू तथा सम्पूर्ण परियोजना टोलीप्रति आयाेजनाले हार्दिक धन्यवाद व्यक्त गरेकाे छ।




















