stcnepal long ad
global ime bank long

महत्वपुर्ण जग्गा हत्याउन सुन तस्कर सकृय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । मुलुकमा रास्वपाकाे दुई तिहाई निकट बहुमतकाे नयाँ सरकार बनेर सरकारले न्यायपालिकामा समेत नेतृत्व परिवर्तन गरेर सरकार अनुकुल न्यायपालिकाकाे नेतृत्व स्थापित गरेपनि सर्वोच्च अदालतमा बिचाराधीन मुद्दाहरुमा हुने गरेको चलखेल रोकिएको छैन ।

विगतमा चाेलेन्द्र शमसेर राणाकाे पालामा फस्टाएकाे न्यायिक बिचलनकाे रहलपहल अझै बाँकी रहेकाे सर्वाेच्च अदालत परिसरमा चर्चा छ। सर्वाेच्चमा अझै बेन्च सपिङ हुने गरेकाे चर्चा छ। सर्वोेच्च अदालतमा चलिरहेको अपुताली नामसारी दर्ता सम्बन्धी एक मुद्दामा न्यायलयकै बदनाम हुनेगरी चलखेल भैरहेकाे बताइएकाे छ ।

समाचार स्राेतका अनुसार पाँच बर्षअघि काठमाडौ नक्सालस्थित करिब ५ रोपनी जग्गामा सर्वोेच्च अदालतबाट भएको फैसला उपर सर्वोच्चको पूर्ण इजलाशले पुनरावलोकनको आदेश दिएको थियो । अढाई अर्ब रूपैयाँ मूल्यमा किनबेच हुनसक्ने ०७८ – Rv- ०१६९ मुद्दामा यही साउन २१ गते अदालतमा पेशी चढेकाले बिचाैलियाहरु आफ्नो पक्षमा फैसला गराउन न्यायाधीशहरूलाई प्रभाव र दबाबमा पार्न सक्रिय भएकाे स्राेतकाे दाबी छ ।

यस मुद्दामा वादी हिमालदेवी शाह र प्रतिवादी जयन्तीदेवी सिलवाल शाह रहेका छन। उक्त मुद्दामा स्वतन्त्र न्यायालय र न्यायधिशकै बदनाम हुनेगरी चलखेल र बिचौलियाहरू सकृय भैरहेका छन। केही न्यायिक क्षेत्रका बिचाैलियाहरू न्यायाधीशहरूकै नाम लिएर चलखेल गरिरहेकाे चर्चा छ । तर न्यायलयले पानीहाँसले झै दूध र पानी छुटयाएर पिडितलाई न्याय दिने पिडितहरूले आशा गरेका छन।

यस मुद्दामा जग्गाको स्वामित्व छोरीको कायम हुने कि बुहारीको हुने भन्ने मुल विवादित बिषय सर्वाेच्च अदालतमा बिचाराधीन छ । यही मौका छोपेर बादी हिमालयदेवीको तर्फबाट न्यूरोडको लक्की ज्वेलर्सका संचालक ऋषि ठाकुर, जयन्तीदेवीका तर्फबाट पर्वत पुख्राैली घर भएका टिकाराम तिवारी र कमलादेवी राजभण्डारी शाहको तर्फबाट बिजय खेरवाल नामका न्यायिक बिचौलियाहरूले चलखेल गरिरहेको स्राेतकाे दाबी छ ।

उनीहरूले न्यायलयलाई प्रभावमा पार्न खाेजेका छन। तर सर्वाेच्च अदालतका न्यायाधीशहरूले आफ्नो धर्म नछाडने पिडितहरूकाे भनाइ छ। तत्कालीन अवस्थामा ठूलै चलखेल गरेर यो मुद्दामा फैसला भएको गुनासो सार्बजनिक भएको थियो । अदालतले समेत यो तथ्यलाई आत्मबोध गर्दै २०७९ साल भदौ २३ गते विश्वम्भरप्रसाद श्रेष्ठ, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलाशले पुनरावलोकन गरी हेर्ने अनुमति प्रदान गरेको थियो ।

यसले पहिलेकाे फैसलामा अन्याय भएकाे मान्न सकिने आधार र कारण प्रयाप्त छ। तर न्यायलयले आधार र प्रमाणलाई कसरी लिन्छ हेर्न बाँकी छ। अदालत स्वयंले पुनरावलोकन गरी हेर्ने अनुमति दिएको मुद्दामा बिचौलियाले अनेक चासो राख्नुले मुद्दा प्रभावित पार्ने खेलका रुपमा बुझिन थालेको छ । यसतर्फ न्यायालय सजग हुनुपर्ने पिडितहरूकाे भनाई छ ।

सुन तस्करकाे चलखेल २०८० साउन ३ गते सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको ६१ किलो सुन तस्करीमा लक्की ज्वेलर्सका संचालकद्वय ऋषि ठाकुर र मुकुन्द ठाकुर मुछिएका थिए। विभागले उनीहरूलाई बाेलाएर साेधपुछ गरेकाे थियाे।

हङकङबाट मोटरसाइकलको ब्रेक सुभित्र लुकाएर काठमाडौं ल्याइएको उक्त सुन राजस्वले बरामद गरेको थियो । उक्त सुन तस्करीमा लक्की ज्वेलर्सका संचालकद्वय ऋषि ठाकुर र मुकुन्द ठाकुरबिरुद्ध राजस्व छली र भन्सार चोरीरपैठारीको कसुरमा विभागबाट अनुसन्धान अघि बढाइएको थियो भने संगठित अपराधका समेत दफा लगाएर साउन २१ मा सीआईबीले मुद्दा चलाएको थियो ।

तर तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अवकाशको अन्तिम समयमा २०८१ भदौ अन्तिममा ठाकुरद्वयलाई उन्मुक्ति दिने आदेश भएको थियो । ठाकुरको लक्की ज्वेलर्सले सवा तीन करोडभन्दा बढी मूल्यको तस्करीको सुन खरिद गरेको विभागकाे अनुसन्धानकाे क्रममा पाइएको थियो ।

काठमाडौं, चितवन र हेटौंडामा ज्वेलरी पसल संचालन गरेका लक्की ज्वेलर्सका ठाकुरद्वय त्यतिबेला पनि चलखेलबाटै छुटेका थिए । अहिले पनि उनीहरु टंगालको महत्वपूर्ण जग्गा हात पार्न न्यायिक सेटिङकाे दौडधुपमा लागेको स्रोतको दाबी छ ।

IME Lifesidebar
kumari