citizens life insurance long ad
stcnepal long ad

बिल बिजक नराख्नेलाई विभागको जरिवाना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण  विभागले नागार्जुन–२ खरिबोट वनस्थलीमा रहेको राज श्री खाद्य स्टोरलाई जरिवाना गरेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफाअनुसार बिल बिजक नराखेको पाइएपछि विभागले सो स्टोरलाई रु पाँच हजार जरिवाना गरेको हो ।

बुधबार विभागले कुल ८ वटा फर्ममा स्थलगत अनुगमन गरेको थियो । त्यसमध्ये ७ वटालाई सुधारात्मक निर्देशन दिएको छ । विभागले उपभोक्ता अधिकारकर्मीलगायतको उपस्थितिमा नियमित बजार अनुगमन गर्दै आएको छ ।

IME Life
kumari