stcnepal long ad
ime life insurance
national life
global ime bank long

गरिमा विकास बैंकले एकैसाथ ल्यायो तीन नयाँ डिजिटल बैंकिङ सेवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसर पारेर ग्राहकलाई थप सहज र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले तीन नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा POS टर्मिनल र गरिमा इन्टरबैंक QR टेलर सेवाको एकैसाथ शुभारम्भ गरेको जनाएको छ ।

बैंकका अनुसार गरिमा प्रिपेड डलर कार्डमार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा विभिन्न ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिनेछ ।

यस्तै, गरिमा POS टर्मिनल सेवाले व्यवसायीलाई डेबिट, क्रेडिट र प्रिपेड कार्डमार्फत डिजिटल भुक्तानी स्वीकार गर्न सहज बनाउनेछ । बैंकका अनुसार यसले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै व्यापारिक कारोबारलाई थप व्यवस्थित र सुरक्षित बनाउन सहयोग पुग्नेछ ।

त्यसैगरी, गरिमा इन्टरबैंक QR टेलर सेवाबाट फोनपे नेटवर्कमा आबद्ध जुनसुकै बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत QR स्क्यान गरी गरिमा विकास बैंकका कुनै पनि शाखाबाट नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

गरिमा विकास बैंकले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि प्रविधिमैत्री, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै लैजाने जनाएको छ ।

हाल ISO 9001:2015 र ISO 27001:2022 मान्यता प्राप्त बैंकले देशभर १२६ शाखा, ५१ एटीएम तथा डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

IME Lifesidebar
kumari