citizens life insurance long ad
stcnepal long ad

युनाईटेड सिमेन्ट्सको निःशुल्क स्वास्थ्य शिविरबाट धुनीवेशीका स्थानीय लाभान्वित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । युनाईटेड सिमेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धुनीवेशी नगरपालिका–९ का स्थानीय बासिन्दाका लागि निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

ललितपुरस्थित मेघा अस्पतालका सात जना स्वास्थ्यकर्मीको सहभागितामा सञ्चालन गरिएको शिविरमा जनरल फिजिसियन डा. जमाल अश्रफ, बालरोग विशेषज्ञ डा. दीपा खनाल तथा दन्तरोग विशेषज्ञ डा. सङ्गीता कुमारीले विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो । अस्पतालकी संयोजक शिल्पा पोखरेलले स्वास्थ्य टोलीको नेतृत्व गर्नुभएको थियो ।

शिविरबाट कुल १४३ जनाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए । सेवा लिनेमध्ये ७ वर्षका बालबालिकादेखि ८५ वर्षसम्मका ज्येष्ठ नागरिकसम्म रहेका थिए ।

अधिकांश सेवाग्राही धुनीवेशी नगरपालिका–९ का स्थानीय बासिन्दा थिए भने पुरुषको तुलनामा महिलाको सहभागिता उल्लेखनीय रहेको थियो । शिविरमा स्वास्थ्य परीक्षणसँगै आवश्यक पर्ने निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । शिविरमा सहभागी सबैलाई युनाईटेड सिमेन्ट्सले फलफूलको जुस (फ्रुटी) र बिस्कुट वितरण गरेको थियो ।

कार्यक्रमको समन्वय युनाईटेड सिमेन्ट्सको प्रशासन प्रमुख धनपति सापकोटाले गर्नुभएको थियो भने कम्पनीका महाप्रबन्धक हरिकुमार उप्रेती प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

स्वास्थ्य परीक्षणका क्रममा अधिकांश सेवाग्राहीमा ढाड, कम्मर तथा घुँडाको समस्या देखिएको चिकित्सकहरूले जानकारी दिएका थिए । धेरैजसो स्थानीयले नियमित स्वास्थ्य परीक्षण नगराउने गरेको पनि उनीहरूले बताएका थिए । शिविरमा सहभागी स्थानीयवासीले यस्ता स्वास्थ्य शिविर समय–समयमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

कार्यक्रमको अन्त्यमा स्थानीय बासिन्दाले समुदायको स्वास्थ्यप्रति चासो दिँदै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा युनाईटेड सिमेन्ट्सप्रति आभार व्यक्त गरेका थिए । साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय सरकार, विद्यालयका प्रतिनिधि तथा सम्पूर्ण सहयोगीप्रति कम्पनीका महाप्रबन्धक हरिकुमार उप्रेतीले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

IME Life
kumari