stcnepal long ad
ime life insurance
national life
global ime bank long

भारतबाट नेपाली श्रमिकलाई वैदेशिक रोजगारमा १५६ वटा म्यानपावरमाथि कारबाही

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । भारतबाट नेपाली श्रमिकलाई वैदेशिक रोजगारमा पठाउने १५६ वटा म्यानपावर कम्पनी कारबाही परेका छन्।

वैदेशिक रोजगार विभागले २०८२ चैत १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा पठाइएका कामदारहरुको उडान विवरण माग गरिएको थियो।

जसअनुसार १ हजार ११७ वटा म्यानपावर कम्पनीमध्ये ६७८ वटाले विवरण विभागमा उपलब्ध गराएका थिए। विवरण बुझाएका १५९ वटाले विभागको स्वीकृति विना विदेशी विमानस्थलको प्रयोग गरी कामदारलाई वैदेशिक रोजगारमा पठाइएको र ४३९ वटाले विवरण उपलब्ध गराउन दिएको निर्देशन पालना गरेको विभागले जनाएको छ।

वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम म्यानपावर कम्पनीले नेपाली श्रमिकलाई स्वदेशी विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारमा पठाउनुपर्ने व्यवस्था रहेको छ।

यो व्यवस्थाविपरीत भारतीय विमानस्थलबाट नेपाली श्रमिकलाई वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐनमा रहेको व्यवस्थाबमोजिम पहिलोपटकलाई सचेत गराएको विभागले जनाएको छ।

IME Lifesidebar
kumari