stcnepal long ad
ime life insurance
national life
global ime bank long

साउदी अरबले कच्चा तेलको मूल्यमा ब्यारेलमै ११ डलर घटायो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

रियाद । साउदी अरबको सरकारी तेल कम्पनी अराम्कोले अगस्ट महिनाका लागि एसियाली बजारमा निर्यात हुने कच्चा तेलको आधिकारिक बिक्री मूल्य (ओएसपी)मा ऐतिहासिक कटौती गरेको छ ।

इरानसँगको युद्धपछि गुमेको बजार हिस्सा र निर्यात मात्रा पुनः बढाउने उद्देश्यले यस्तो निर्णय गरिएको ठानिएको छ । यद्यपिे कुवेत, इराक र संयुक्त अरब इमिरेट्स (यूएई)लगायत प्रतिस्पर्धी उत्पादकहरूले अझ बढी छुटमा तेल बिक्री गरिरहेकाले साउदीको यो कदम मात्र बजार हिस्सा फिर्ता लिन पर्याप्त नहुन सक्ने विश्लेषण गरिएको छ ।

अराम्कोले आफ्नो प्रमुख अरब लाइट कच्चा तेलको अगस्टको मूल्य क्षेत्रीय ओमान/दुबई सूचक मूल्यभन्दा प्रति ब्यारेल १ डलर ५० सेन्ट कम निर्धारण गरेको छ । यो जुलाईको मूल्यभन्दा ११ अमेरिकी डलर कम हो, जुन सन २००३ यताकै सबैभन्दा ठूलो कटौती मानिएको छ ।

यससँगै साउदी तेलको आधिकारिक बिक्री मूल्य जुन २०२० यताकै सबैभन्दा न्यून स्तरमा पुगेको छ । त्यतिबेला  कोभिड–१९ महामारीका  कारण विश्वभर तेलको माग घट्दा बजारमा तेल छेलोखेलो थियो ।

बजारमा अहिले अमेरिका–इरान युद्ध अन्त्य भएसँगै तेलको आपूर्ति बढ्ने अपेक्षा गरिएको छ । यद्यपि दुवै देशबिच स्थायी सम्झौता अझै नभएकाले अवस्था पूर्ण रूपमा स्थिर भइसकेको छैन । साउदी अरब तथा अन्य पश्चिम एशियाली उत्पादकहरूले स्ट्रेटअफ होर्मुज खुला रहने र जहाज आवतजावत निरन्तर हुने अनुमानका आधारमा उत्पादन तथा निर्या रणनीति अघि बढाइरहेका छन् ।

चीनसाउदी तेलको सबैभन्दा ठूलो बजार हो । तर पछिल्ला महिनामा चीनमा साउदीको बजार हिस्सा उल्लेखनीय रूपमा घटेको छ । जुलाईमा चीनले साउदीबाट दैनिक करिब ७ लाख ५ हजार ब्यारेल तेल आयात गर्ने अनुमान गरिएको छ । यो जुनको ६ लाख २६ हजार ३०० ब्यारेलभन्दा बढी भए पनि इरान युद्धअघि दैनिक औसत १४ लाख ८० हजार ब्यारेलको तुलनामा आधाभन्दा कम हो ।

इरान युद्धका क्रममा स्ट्रेट अफ होर्मुजबाट इन्धन प्रवाह ठप्प हुने जोखिम बढेपछि अराम्कोले मूल्य निकै बढाएको थियो । त्यसबेला अरब लाइटको मूल्य क्षेत्रीय सूचकभन्दा प्रति ब्यारेल १९ डलर ५० सेन्ट धेरै थियो, जसले एसियाली प्रशोधन कम्पनीहरूको लागत उल्लेखनीय रूपमा बढाएको थियो ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari