stcnepal long ad
ime life insurance
global ime bank long

पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लेइप्जिगलाई ३–० गोल अन्तरले पराजित गर्दै पीएसजी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको हो । पीएसजीलाई फाइनलमा पुर्याउनको लागि माकुनियोस, इन्जल डि मारिया र जुवान ब्रेन्ट भेलास्कोले एकरएक गोल गरे ।

खेलको १३ औँ मिनेटमा पीएसजीले अग्रता बनाएको थियो । लेइप्जिगका डिफेन्डरले डिबक्स बाहिर नेयमारलाई लडाएपछि प्राप्त फ्रि(किकको अवसरलाई डिमारिया र मार्कुनियोसले गोल गरे । डिमारियाले चलाखीपूर्णरुपमा प्रहार गरेको फ्रिकिकलाई मार्किनियोसले हेडर गोल गर्दै खेलमा अग्रता बनाए ।

यस्तै ४२ औँ मिनेटमा गोलकिपर पिटर गुलस्किले मिस पास दिएपछि नेयमारको फ्लिक टचमा डि मारियाले गोल गर्दा पीएसजीले अग्रता दोब्बर बनायो ।

५६ औँ मिनेमटमा डिमारियाले सहज पास निकालेपछि भेलास्कोले हेडमार्फत गोल गर्दै पीएसजीको ३–० को जित सुनिश्चित गरे । अब पीएसजीले उपाधिका लागि जर्मन क्लब बार्यन म्युनिख र फ्रान्सको लियोनबीचको विजेतासँग खेल्नेछ ।

prabhu mahalaxmi
kumari