सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमितलाई केवाईसी अपडेट गर्न आग्रह
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमितलाई ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधि (अपडेट) गर्न आग्रह गरेको छ।
इन्स्योरेन्स कम्पनीले आज एक सूचना जारी गर्दैै यस्तो आग्रह गरेको हो। कम्पनीका विद्यमान ग्राहकको केवाईसीलगायत अन्य विवरण अद्यावधिक गर्नुपर्ने भएकोले ग्राहकले पहिचान खुल्ने कागजात राष्ट्रिय परिपचपत्र, नागरिकता, राहदानी तथा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, ठेगाना, सम्पर्क नम्बर, ई–मेल, पेसा, आयस्रोत वा अन्य विवरणमा परिवर्तन भएको भए आवश्यक कागजातसहित नजिकैको शाखा वा उपशाखा कार्यालयमा उपस्थित भई केवाईसी अनिवार्य रुपमा अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ।
कार्यालयमा उपस्थित हुन असमर्थ ग्राहकले आफ्नो सम्बन्धित अभिकर्ता वा कम्पनीको वेबसाइटबाट पनि केवाईसी फाराम डाउनलोड गरी कम्पनीको ग्राहक सेवा विभागमा ई–मेल तथा ह्वाट्सएपमा विवरण अद्यावधिक गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ।
नेपाल बीमा प्राधिकरणबाट जारी सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८२ को निर्देशन ९(२)बमोजिम कम्पनीले यो सूचना जारी गरेको हो।



























