stcnepal long ad
ime life insurance
national life
global ime bank long

लामो समयदेखि सुस्त बनेको घरजग्गा बजारमा पुनः चलायमान हुने सङ्केत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ ।  लामो समयदेखि सुस्त बनेको घरजग्गा बजारमा पुनः चलायमान हुने सङ्केत देखिएको छ । ब्याजदरमा आएको कमी, बैङ्किङ प्रणालीमा बढ्दो तरलता र लगानीकर्ताको विश्वास फर्किन थालेसँगै चालु आवको तेस्रो त्रैमाससम्म घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको राष्ट्र बैङ्कको प्रतिवेदनले देखाएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको घरजग्गा कारोबार सम्बन्धी प्रतिवेदनले देशभर घरजग्गा बजारमा सुधारको सङ्केत देखाएको हो ।

समीक्षा अवधिमा घरजग्गाको कुल कारोबार सङ्ख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सोही अवधिमा यस्तो कारोबार ४.१२ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिमा लिखत पारित अन्तर्गतको कारोबार सङ्ख्या ०.६२ प्रतिशतले बढेको छ भने राजीनामामार्फत भएका कारोबार १२.१७ प्रतिशतले वृद्धि भएका छन् ।

कारोबार भएको कुल क्षेत्रफल (एरिया अफ ट्रान्ज्याक्सन) समेत १.६० प्रतिशतले बढेको छ; जुन अघिल्लो वर्ष सोही अवधिमा यस्तो क्षेत्रफल १०.८६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा देशभर एक खर्ब २६ अर्ब बराबरको घरजग्गा कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कारोबार एक खर्ब रहेको थियो । घरजग्गा कारोबारबाट सङ्कलित राजस्व २३.३२ प्रतिशतले बढेको छ भने पुँजीगत लाभकर सङ्कलन ३१.४२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैङ्कले जनाएको छ ।

घरजग्गा क्षेत्रमा प्रवाह भएको बैङ्क तथा वित्तीय संस्थाको कर्जा (आवासीय घरजग्गा कर्जासहित) पनि ५.५५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा वृद्धिदर ५.५२ प्रतिशत रहेको थियो ।

बागमतीमा उच्च, मधेशमा गिरावट

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा घरजग्गा कारोबार सङ्ख्या सबैभन्दा धेरै ३८.०९ प्रतिशतले बढेको छ । यता मधेश प्रदेशमा भने कारोबार सङ्ख्या ८.५१ प्रतिशतले घटेको छ । अन्य सबै प्रदेशमा कारोबार सङ्ख्या वृद्धि भएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।

कारोबार भएको कुल क्षेत्रफलका आधारमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.६८ प्रतिशत वृद्धि भएको छ भने मधेश प्रदेशमा ९.३३ प्रतिशतले कमी आएको छ । घरजग्गा कारोबारको कुल मूल्य भने सात वटै प्रदेशमा बढेको छ । यसमध्ये बागमती प्रदेशमा १३१.१२ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

काठमाडौँमा दोब्बरभन्दा बढी कारोबार

महानगरपालिकास्तरमा काठमाडौँ महानगरपालिकामा घरजग्गा कारोबार सङ्ख्या १०८.६२ प्रतिशतले बढेको छ । त्यसपछि पोखरा महानगरपालिकामा ८२.१५ प्रतिशत, ललितपुर महानगरपालिकामा ७३.६१ प्रतिशत, वीरगन्ज महानगरपालिकामा ३१.०७ प्रतिशत, भरतपुर महानगरपालिकामा २९.२१ प्रतिशत र विराटनगर महानगरपालिकामा २०.१२ प्रतिशतले वृद्धि भएको छ ।

महानगरपालिकामा कारोबार भएको कुल क्षेत्रफल र कुल मूल्य दुवैमा वृद्धि भएको देखिएको छ । काठमाडौँ महानगरपालिकामा कारोबारको कुल मूल्य २२३.२१ प्रतिशतले बढेको राष्ट्र बैङ्कले जनाएको छ ।

उपमहानगरपालिकामा पनि सकारात्मक

समीक्षा अवधिमा ११ वटा उपमहानगरपालिकामध्ये अधिकांशमा घरजग्गा कारोबार सङ्ख्या बढेको छ । बुटवल उपमहानगरपालिकामा सबैभन्दा धेरै ५६.७९ प्रतिशत वृद्धि भएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा कारोबार भएको कुल क्षेत्रफल ४२.७६ प्रतिशतले बढेको छ भने कुल कारोबार मूल्य १३४.४६ प्रतिशतले वृद्धि भएको छ ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari