युनाईटेड अजोड इन्योरेन्सको ३२ औ बार्षिक साधारणसभा असार ३१ गते
काठमाडौं। युनाईटेड अजोड इन्योरेन्सले ३२ औ बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको ८३ औं संचालक समितिको बैठकले असार ३१ गते बिहान १०ः३० बजे बोलाएको हो ।
इन्योरेन्सले सामान्य प्रस्तावहरुमा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आर्थिक वर्ष २०५१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह सहितको विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेण्डा अघि सार्ने भएको छ ।
त्यस्तै, लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने बारे (वर्तमान लेखापरीक्षक श्री जे.वि. राजभण्डारी एण्ड डिविन्स चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्ति गर्ने भएको छ ।
सञ्चालक समितिबाट प्रस्ताव गरिएको हाल चुक्ता भएको पूँजी रु.२,२१,००,००,०००/– (अक्षरेपी दुई अर्व एकतीस करोड मा ०.२२५६ ( शून्य दशमलव दुई दुई पाँच छ प्रतिशतका दरले हुने नगद लाभांश रु. ५२,१०,५२६३२ (अक्षरेपी बाउन्न लाख दश हजार पाँच सय छवीस पैसा बत्तीस प्रस्तावित लाभांशको कर प्रयोजनार्थ पारित गर्ने भएको छ।
त्यस्तै, विशेष प्रस्तावबाट कम्पनीले संचालक समितिबाट प्रस्ताव गरिएको हाल चुक्ता भएको पूँजी रु.२,२१,००,००,०००/– (अक्षरेपी दुई अर्थ एकतीस करोड) को ४.२८५७ (चार दशमलब दुई आठ पाँच सात प्रतिशतले हुन आउने रकम रु.९,९०,००,०००/– (अक्षरेपी नौ करोड नब्बे लाख बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत साधारण सभावाट कायम भएको जारी पूँजी रु.२,५४,१०,००,०००/– (अक्षरेपी दुई अयं चौवन्न करोड दश लाख) मा योनस शेयर जारी गरे पश्चात कम्पनीको जारी पूँजी रु. २,६४,००,००,०००/– (अक्षरेपी बुई अर्ब चौसठ्ठी करोड पुग्ने हुँदा र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने भएको छ ।
संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायहरुबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन प्राप्त भएमा सो अनुसार फेरवदल गर्न ञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अघि बढाईने भएको छ ।साधारणसभा अम्रपाली ब्याके्वट भाटभटेनीमा बिहान १०ः३० बजे बाट शुरु हुनेछ ।






















