मध्यरातिदेखि उपत्यकामा लकडाउन निषेधाज्ञा लाग्ने
काठमाडौं । काठमाडौ उपत्यकामा भदाै ३ गते बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय मंगलबार काठमाडौ, ललितपुर र भक्तपुरका सीडीओ जनकराज दाहाल, नारायणप्रसाद भट्ट र हुमकला पाण्डे सहित सुरक्षा प्रमुखबीच छलफल पछि एक साताका लागि निषेधाज्ञाको निर्णय गरेका छन् । राजधानीमा कोभिड १९ को संक्रमण बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सकिएको बैठकले बुधबार राति १२ बजेबाट लागू हुने गरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
बैठकपछि महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले यस्तो निर्णय भएको जानकारी दिएका छन । बैठकको औपचारिक निर्णय सार्वजनिक हुँदैछ ।
अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षा जस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवत–जावतलाई पनि निषेध गरिनेछ । आज भदाै २ गते मंगलबार मात्रै राजधानीमा २ सय ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।
के गर्न पाइन्छ, के पाइँदैन ?























