stcnepal long ad
global ime bank long

न्यूनतम पुँजीकोष अनुपात कायम नगर्ने ५ लघुवित्तमाथि शीघ्र सुधारात्मक कारबाही, यी कार्यमा रोक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले न्यूनतम पुँजीकोष अनुपात कायम नगरेका ५ लघुवित्त संस्थामाथि कारबाही गरेको छ। केन्द्रीय बैंकले आरम्भ चौतारी लघुवित्त, गणपति लघुवित्त, सामुदायिक लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्त र सीवाईसी लघुवित्तमाथि कारबाही गरेको हो।

यी लघुवित्तलाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिमका शीघ्र सुधारात्मकसम्बन्धी कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

कारबाहीमा परेका लघुवित्तहरुको न्यूनतम पुँजीकोष राष्ट्र बैंकले तोकेको ८ प्रतिशतभन्दा कम रहेको छ। सोही कारणले ती लघुवित्तहरु कारबाहीमा परेका हुन्।

न्यूनतम पुँजीकोष आरम्भ चौतारी लघुवित्तको ७.७७ प्रतिशत, गणपति लघुवित्तको ६.०६ प्रतिशत, सामुदायिक लघुवित्तको ६.१२ प्रतिशत, नेरुडे मिर्मिरे लघुवित्तको ६.०१ प्रतिशत र सीवाईसी लघुवित्तको ६.२० प्रतिशत रहेको छ।

IME Lifesidebar
kumari