stcnepal long ad
ime life insurance
global ime bank long

ठुला सेयरधनीको विवरण बुझाउनुपर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अब लघुवित्त र पूर्वाधार विकास बैङ्कका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा ठुला लगानीकर्ताले आफ्नो सम्पत्ति, विदेशमा रहेका लगानी तथा वास्तविक स्वामित्व सम्बन्धी विवरण नेपाल राष्ट्र बैङ्कसमक्ष खुलाउनुपर्ने छ । राष्ट्र बैङ्कले एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था लागु गरेको हो ।

लघुवित्त वित्तीय संस्था तथा पूर्वाधार विकास बैङ्कसहित बैङ्क तथा वित्तीय संस्थामा सुशासन, पारदर्शिता र वित्तीय अनुशासन सुदृढ गर्न नयाँ व्यवस्था लागु गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कले जारी गरेको एकीकृत निर्देशन, २०८२ को संशोधन मार्फत सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तथा ठुला सेयरधनीको विस्तृत व्यक्तिगत, वित्तीय तथा कानुनी विवरण अनिवार्य गरिएको हो ।

नयाँ व्यवस्था अनुसार नियुक्ति वा मनोनयनका क्रममा सम्बन्धित व्यक्तिले विदेश सम्पत्ति, वास्तविक सेयरधनी, कर्जा कालो सूची स्थिति, मुद्दामामिला, सरकारी बक्यौता, स्वार्थको द्वन्द्व, कार्य अनुभव तथा वित्तीय आचरणसम्बन्धी सम्पूर्ण विवरण स्वघोषणासहित पेस गर्नुपर्ने भएको छ ।

त्यसै गरी लघुवित्त तथा पूर्वाधार विकास बैङ्क दुवैमा चुक्ता पुँजीको पाँच प्रतिशत वा २५ लाख रुपियाँभन्दा बढी संस्थापक सेयर खरिद वा नामसारी गर्दा वास्तविक धनीको विवरण अनिवार्य गरिएको छ ।

कम्पनीमार्फत लगानी भएमा १५ प्रतिशत वा सोभन्दा बढी स्वामित्व राख्ने अन्तिम लाभग्राहीको समेत पूर्ण विवरण खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्था हाल कार्यरत पदाधिकारी तथा पहिले नै सेयर धारण गरिसकेका लगानीकर्तामा समेत लागु हुने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कका अनुसार यी नयाँ प्रावधानले अपारदर्शी लगानी नियन्त्रण, मनी लाउन्डरिङ जोखिम न्यूनीकरण तथा संस्थागत सुशासन मजबुत बनाउन महìवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यससँगै वित्तीय प्रणालीमा पारदर्शिता बढ्ने र ठुला लगानीकर्ताको वास्तविक पहिचान सुनिश्चित हुने विश्वाससमेत लिइएको छ ।

prabhu mahalaxmi
kumari