citizens life insurance long ad
stcnepal long ad

बैंकका काउन्टरमा कोरोनाको जोखिम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि काठमाडौं उपत्यकाका बैंकका काउन्टरमा नआउन बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले सर्वसाधारणलाई अपिल जारी गरेको छ ।  एक अपिल जारी गर्दै सर्वसाधारणलाई बैंकका काउन्टरमा नआउन आग्रह गरेको हो ।

संघले सकेसम्म सर्वसाधारणलाई घरैबाट डिजिटल माध्यमबाट कारोबार गर्न आग्रह गरेको छ । संघले कोरोना महामारीबाट बच्न तथा जोखिम न्यूनिकरणको लागि भन्दै यस्तो आग्रह गरेपनि पछिल्ला केही दिनदेखि बैंकका काउन्टरहरु कोभिडबाट असुरक्षित हुँदै गएपछि यस्तो आग्रह गरेको हो । स्रोतका अनुसार दर्जनभन्दा बढि बैंकका थुप्रै कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण भइसकेको छ ।

संघले बैंकका काउन्टरहरु सुरक्षित प्रमाणित गर्न सकिने अवस्था नरहेको भन्दै यस्तो आग्रह गरेको हो । बैंकले शाखामा आउन समस्या भएमा सम्बन्धित शाखामा टेलिफोन गरी आफ्नो बारेमा जानकारी लिन सकिने समेत जनाएको छ ।

कोभिडको जोखिम बढेर केही बैंकहरुले जोर बिजोर प्रणालीबाट शाखा कार्यालय सञ्चलान गर्न थालेको सन्दर्भमा संघको यस्तो अपिल बाहिर आएको हो ।

पछिल्लो समय राजधानी काठमाडौं उपत्यका सहित देशैभरि कोभिड–१९ को महामारी बढ्ने क्रममा रहेको छ । राजधानी काठमाडौंमा दैनिक १०० भन्दा बढि र देशैभरिमा दैनिक पाँच सय हाराहारीमा मानिसहरु संक्रमित भइरहेका छन् ।

IME Life
kumari