citizens life insurance long ad
stcnepal long ad

रिडी हाइड्रोपावर कम्पनीले ३ करोड ४४ लाख रुपैयाँ नाफा कमाए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ६३९.५०% ले बढेको छ । विद्युत बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य सुधार आएसँगै खुद नाफाको रेखा पनि माथितिर लागेको हो ।

विद्युत बिक्रीबाट हुने आम्दानी ८५ लाख रुपैयाँबाट बढेर ५ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

यता, अन्य स्रोतबाट हुने आम्दानी पनि १६ लाख रुपैयाँबाट बढेर २१ लाख रुपैयाँ पुगेको छ । यसअवधिमा रिडीको चुक्ता पुँजी ५५ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

यस्तै, रिजर्भ कोषमा ३ करोड ६१ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ १९ पैसा रहेको रिडीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ४७ पैसा छ ।

IME Life
kumari