stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल आयल निगमले इन्धनको भाउ यथावत् राख्ने निर्णय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ यथावत् राख्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले साबिकको खुद्रा बिक्री मूल्यलाई यथावत् राख्ने निर्णय गरेको हो ।

विगत केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आइरहेको छ । गएराति निगमले निकालेको विज्ञप्तिअनुसार विभिन्न वर्गका क्षेत्रहरूमा यसअघि तय पेट्रोल र डिजेलरमट्टितेलको भाउ नै कायम रहेको छ ।

जसअन्तर्गत पहिलो वर्गका क्षेत्रहरू (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा पेट्रोलको मूल्य प्रतिलिटर २१४.५० रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य २२२.५० रुपैयाँ छ ।

त्यस्तै, दोस्रो वर्गका क्षेत्रहरू (सुर्खेत र दाङ) मा पेट्रोल प्रतिलिटर २१६ रुपैयाँ र डिजेल/मट्टितेल २२४ रुपैयाँमा तथा काठमाण्डौ, पोखरा र दिपायल समेटिएको तेस्रो वर्गका क्षेत्रहरूमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ नै यथावत् छ ।

अमेरिका र इरानबीच हिजो युद्धविराम सम्झौता भएसँगै आउँदा दिनमा इन्धनसहित अन्य क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्लेषण गरिएको छ ।

prabhu mahalaxmi
kumari