stcnepal long ad
ime life insurance
national life
global ime bank long

घट्यो कच्चा तेलको मूल्य, नेपालमा दुई सातापछि प्रभाव पर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दै गएको कच्चा तेलको मूूल्य घटेको छ । अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने गरी शान्ति सम्झौताका लागि सहमति भएपछि कच्चा तेलको मूल्य घटेको हो ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री शाहवाज सरिफले आइतबार सम्झौताको पुष्टि गरेलगत्तै सोमबार विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ । शान्ति वार्ताको टुङ्गो लागेसँगै सोमबार कच्चा तेलको विश्वव्यापी बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य ३.९ प्रतिशतले घटेर प्रतिब्यारेल करिब ८४ डलर आसपास कारोबार भएको छ ।

यस्तै अमेरिकी कच्चा तेलको मूल्य पनि ४.८ प्रतिशतले ओरालो लागेर प्रतिब्यारेल करिब ८१ डलर झरेको छ । पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारणले यसअघि कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल १२० अमेरिकी डलर पुगेको थियो ।

इरानमाथिको अमेरिकी नाकाबन्दी हट्ने र दैनिक लाखौँ ब्यारेल तेल बजारमा थपिने अपेक्षाले लगानीकर्ता उत्साहित भएका अन्तर्राष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् ।

तेलको मूल्य घट्दा विश्वभरका केन्द्रीय बैङ्कलाई महँगी नियन्त्रण गर्न राहत मिल्ने अनुमानबिच एसिया प्रशान्त क्षेत्रका सेयर बजारमा हरियाली छाएको छ अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्ने गर्छ ।

नेपालमा इन्डियन आयल कर्पोरेसन (आइओसी) ले १५/१५ दिनमा नयाँ मूल्य पठाउने गर्छ । आइओसीले घटेको मूल्य पठाए अनुसार नेपाल आयल निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छ । निगमले आइओसीसँग प्रशोधित तेल खरिद गर्ने गरेको छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले कच्चा तेलको मूल्य घटेपछि त्यसको प्रभाव नेपालमा दुई साताभित्र देखिने जानकारी दिनुभयो । उहाँका अनुसार आइओसीले १५/१५ दिनमा नयाँ मूल्य पठाउने गर्छ, सोही अनुसार मूल्य घटेर आयो पनि १५ देखि एक महिनामा नेपालमा पनि मूल्य घट्ने गर्छ । विभिन्न शीर्षकमा लगाएका कर, ढुवानी लागत जोडेर निगमले स्थानीय बजारमा मूल्य निर्धारण गर्ने गर्छ ।

लामो समयदेखि विश्व बजारमा इन्धनको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा परेको छ । इन्धनको मूल्य बढ्दा विकासनिर्माणका कामसमेत प्रभावित भएको छ । बजारमा दैनिक उपभोग्य वस्तुदेखि अधिकांश सामानको मूल्य बढ्दा त्यसको असर उपभोक्तालाई परेको छ । इन्धनको मूल्य घट्दै गए पनि उपभोक्तालाई राहत मिल्ने छ ।

अहिले बजारमा पेट्रोल प्रतिलिटर २१७, डिजेलरमटितेल प्रतिलिटर २२५, हवाई इन्धन प्रतिलिटर २६९ रुपियाँ रहेको छ । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार १६० रुपियाँ रहेको छ ।

IME Lifesidebar
kumari