stcnepal long ad
ime life insurance
global ime bank long

वाणिज्य बैंकहरुले असारमा लागू हुने ब्याजदर आज सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर झनै घटेको छ। वाणिज्य बैंकहरुले असारमा लागू हुने ब्याजदर आज सार्वजनिक गरेका छन्। हालसम्म प्राप्त १७ वटा वटा वाणिज्य बैंकको सूचनाअनुसार ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने १० वटा स्थिर राखेका छन्।

असारका लागि व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर घटाउनेमा लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक र स्ट्यान्डर्ड चार्टर्ड रहेका छन्।

असारका लागि ब्याजदर घटाएर लक्ष्मी सनराइज बैंकले ४ प्रतिशत, एभरेष्ट बैंकले ३.५० प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत, एनआईसी एसिया बैंकले ४ प्रतिशत, एनएमबि बैंकले ४.७५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.९५ प्रतिशत कायम गरेका छन्।

जेठमा लक्ष्मी सनराइज बैंकले ४.५० प्रतिशत, एभरेष्ट बैंक, हिमालयन बैंकले ४.०५ प्रतिशत, एनआईसी एसिया बैंकले ४.५० प्रतिशत, एनएमबि बैंकले ४.८० प्रतिशत, प्राइम कमर्सियल बैंकले ४.१५ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५ प्रतिशत दिएका थिए।

यसैगरी ब्याजदर स्थिर राख्नेमा कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, सिजिन्स बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन्।

जेठकै ब्याजदरलाई असारमा कायम गर्दै कृषि विकास बैंकले ४.१५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ४.५० प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५० प्रतिशत, नेपाल बैंकले ४.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत, सानिमा बैंकले ४.५० प्रतिशत, सिद्धार्थ बैंकले ४.०५ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, सिटिजन्स बैंकले ४.१० प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत दिने भएका छन्।

prabhu mahalaxmi
kumari