stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाली बजारमा ‘ओमोडा ई५ प्रो’ सार्वजनिक, पहिलो ५० ग्राहकलाई ४९.९९ लाखमै उपलब्ध हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नेपाली बजारमा ‘ओमोडा ई५ प्रो’ सार्वजनिक गरेको छ । कम्पनीले विराटनगरमा हालै एक कार्यक्रम गर्दै यो इलेक्ट्रिक एसयूभी आधिकारिक रूपमा बजारमा ल्याएको हो ।

नेपाली सडकमा १५ सयभन्दा बढी ओमोडा ई५ गुडिरहेको सफलतालाई मध्यनजर गर्दै थप आधुनिक प्रविधि र प्रिमियम फिचरसहित ‘ई५ प्रो’ संस्करण भित्र्याएको कम्पनीले जनाएको छ ।

कम्पनीले ओमोडा ई५ प्रोको आधिकारिक मूल्य सिंगल टोनका लागि ५१.५९ लाख र ड्युअल टोनका लागि ५१.९९ लाख रुपैयाँ निर्धारण गरेको छ । सार्वजनिक भएको अवसरमा विशेष सहुलियत दिँदै पहिलो ५० जना ग्राहकका लागि ४९.९९ लाख रुपैयाँमा गाडी उपलब्ध गराउने कम्पनीले घोषणा गरेको छ । साथै, ती ग्राहकले एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्ससमेत पाउनेछन् ।

ओमोडा ई५ प्रोमा ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री र ९९ किलोवाटको मोटर जडान गरिएको छ । जसले २८८ एनएम टर्क पैदा गर्छ । यसले एक पटकको फुल चार्जमा ३५० किलोमिटर (डब्लूएलटीपी) सम्मको रेन्ज दिने कम्पनीको दाबी छ । नेपालका सडक अवस्थालाई ध्यानमा राख्दै यसमा १९१ एमएमको ग्राउण्ड क्लियरेन्स र १८ इन्चको अलोय ह्विल राखिएको छ।

गाडीको भित्री भागमा १५.६ इन्चको विशाल इन्फोटेनमेन्ट डिस्प्ले, आठ वटा सोनी स्पिकर, ड्राइभर मसाज सि, इलेक्ट्रिक सनरुफ जस्ता फिचर छन् । यसमा १९ भन्दा बढी एडास (Advanced Driver Assistance System – ADAS) फिचरहरू र ५४० डिग्री सराउन्ड भ्यू क्यामेरा सिस्टम पनि छ ।

prabhu mahalaxmi
kumari