stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

आईएमई लाइफ इन्स्योरेन्सद्वारा बालक्ष्य डेभलपमेन्ट एण्ड केयरलाई सहयोग

न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकाको उपचारमा सहकार्य

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) अन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रा.लि.लाई आर्थिक सहयोग प्रदान गरेको छ।

उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनस्र्थापना सेवाका लागि उपयोग गरिनेछ ।

यस कार्यक्रम अन्तर्गत आईएमई लाइफ इन्स्योरेन्सले रु. ३ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ, जसबाट प्रभावित बालबालिकाले आवश्यक थेरापी तथा विशेष हेरचाह सेवा प्राप्त गर्नेछन ्।

न्यूरो डेभलपमेन्टल समस्याबाट प्रभावित बालबालिकालाई समयमै आवश्यक उपचार तथा थेरापी उपलब्ध गराउन सके उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। यस सहयोगले आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

बालक्ष्य डेभलपमेन्ट एण्ड केयरले विशेष आवश्यकता भएका बालबालिकाका लागि मूल्यांकन, परामर्श, थेरापी तथा पुनस्र्थापना सेवाहरू प्रदान गर्दै आएको छ।

संस्थाको विशेषज्ञता र आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धताले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

आईएमई लाइफ इन्स्योरेन्सले “भ्लकगचष्लन ँगतगचभ“ को मूल मन्त्रलाई आत्मसात गर्दै स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आएको छ ।

prabhu mahalaxmi
kumari