stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शिखर इन्स्योरेन्सले बीमा दाबी भुक्तानी लिन आउन बीमितलाई आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्सले बीमा दाबी भुक्तानी लिन आउन बीमितलाई आग्रह गरेको छ। इन्स्योरेन्स कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीबाट बीमालेख खरिद गरी २०८२ फागुन १६ गतेदेखि २०८३ जेठ १५ गतेसम्म परेका दाबीको भुक्तानी लिन आउन आग्रह गरेको हो।

‘ती दाबी निवेदन तथा दाबीहरु सम्बन्धमा बीमित वा बीमितका प्रतिनिधिबाट दाबी निवेदन प्राप्त भई हालसम्म दाबी मूल्यांकनका लागि आवश्यक कागजात प्राप्त नभएको तथा बीमित तथा बीमितका प्रतिनिधि सम्पर्कमा आएका छैनन्’, सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित इन्स्योरेन्स कम्पनीको केन्द्रीय दाबी विभाग, इन्स्योरेन्स कम्पनीको प्रादेशिक कार्यालय, शाखाहरु तथा कम्पनीबाट सम्बन्धित दाबीमा खटाइएका सर्भेयरलाई सम्पकी गरी दाबी लिन आउन अनुरोध गरिन्छ।’

इन्स्योरेन्स कम्पनीबाट हालसम्म बीमितका नाममा दाबी फर्छ्यौट पुर्जा पठाएको दाबीहरु सम्बन्धमा समेत उपरोक्त बमोजिम समयावाधिमा आवश्यक सम्पूर्ण कागजात तथा दाबी फर्छ्यौट पुर्जामा सहीछाप गरी दाबी फर्छ्यौट पुर्जा कम्पनीमा प्राप्त नभएको तथा बीमित र बीमितका प्रतिनिधि सम्पर्कमा नआएमा सम्बन्धित व्यक्तिको दाबी फाइल बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ। बीमित वा बीमितका प्रतिनिधिले गरेको दाबीको विस्तृत विवरण कम्पनीको वेबसाइटमा हेर्न सकिन्छ।

prabhu mahalaxmi
kumari